Rule 6
प्याकेट तथा र्यापर्समा उल्लेख गर्न नहुने कुरा
उत्पादकले सूर्तिजन्य पदार्थको प्याकेट तथा र्यापर्समा ऐनको दफा ७ को उपदफा (२), (३) र (४) मा उल्लिखित कुराहरुको अतिरिक्त देहायका कुराहरु अंकित, लेवलिङ्ग र प्रयोग गर्नु हुँदैनः–
(क) सूर्तिजन्य पदार्थको विज्ञापन गर्ने वा प्रवद्र्धन हुने गरी लेबुल वा ट्रेडमार्क चिन्ह अंकित गर्न,
(ख) सूर्तिजन्य पदार्थको प्याकेट वा र्यापर्समा उल्लिखित चेतावनीमूलक सन्देश, संकेत, चिन्ह वा चित्रको अपभ्रंस हुने, बिग्रने र छोपिने गरी सूर्तिजन्य पदार्थहरु प्याकेजिङ्ग र लेबलिङ्ग गर्न,
(ग) असत्य, भ्रामक वा कपटपूर्ण सन्देश दिने गरी चित्र वा चिन्ह प्रयोग गर्न ।